बागी उम्मेदवार फिर्ता सँगै राजु खडका निर्विरोध बर्दिवासमा।

      महोत्तरीका वागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता गरेका छन ।

टिकट नपाएको रिसमा स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका विभिन्न पालिकाका उम्मेदवारहरुले वागी उम्मेदवार फिर्ता गरेका हुन ।

त्यसै गरी बर्दिबास नगरपालिकाका सक्तीसाली वागी उम्मेदवार रुद्र सुस्लिङ्ग मगरले पनि उम्मेदवारी फिर्ता गरेका छन । उनी लामो समय देखि सो पार्टि मा आवद्व रही काम गरेका ब्यक्ति हुन् तर पेशा ले शिक्षक सेवा मा थिए २०७४काे निर्वाचन पछि यही क्षेत्र बाट निर्वाचित गिरीराज मनी पोखरेल शिक्षा  विज्ञान तथा प्रविधि मंत्री रहँदा शिक्षक बाट अवकास लिई सचिवालय मा काम गरेकाे अनुभव सँगालेका छन्।

पाटीको अनुरोधलाइ स्विकार गर्दै पाटी जिताउने उदेश्यले मनोनयन दर्ता फिर्ता गरेको मगरले वताए ।

रुद्र सुस्लिङ्ग मगरले वागी उम्मेदवार फिर्ता गरेपछी  करिव करिब राजु खड्का काे जित सुनिश्चित जस्तै देखिएको छ उनी पार्टि भित्र पनी त्यागी  इमान्दार र वैचारिक प्लानिङ गर्ने नेताको रूपमा परिचित छन्।  ७४काे संघ र स्थानिय दुवै सोहि पार्टि ले जितेको हुँदा पनि रुद्रको उमेदवारी चासो पुर्वक हेरिएको थियो।

 आज बाट दलहरु नया रणनीतिमा लागेका छन । नेपाली काङ्ग्रेसवाट वागी उम्मेदवार दिएका प्रल्हाद क्षेत्रीले भने उम्मेदवारी फिर्ता गरेका छैनन उनी पहिले पनि उमेदवार हुन विभिन्न पार्टीमा आवद्व रही चुनाव लडेका थिए तमलोपा बाट चुनाव पराजित भएका थिए २०७४ साथानिय र प्रदेश चुनाव पनि हारेका थिए कांग्रेस बाट उनी क्रसर उद्योगमा समेत लागानी गरेका सञ्चालक हुन। कांग्रेस बाट चिरञ्जीवी हमाल छन मेयर का प्रत्यासी तर उनि दुई पटक बर्दिवासको गाविस अध्यक्ष हुँदा केहि नगरेको गुनासो छ उनि माथी।

 त्यसै गरी एमालेका अर्का उमेदवार हुन टेक बहादुर जो पार्टि भित्र विवादित छन र उनी त्यो पार्टिको पनि नयाँ हुन पुराना नेता कार्यकर्ता उनी सङ्ग संतुष्ट छैनन उनको स्वयं पार्टि इतिहास हेर्दा कसरी पावर पुगिन्छ भन्दै तात्कालीन एकता केन्द्र हुँदै हाल सम्म आदी दर्जन माथि पार्टि चाहारी सकेका छन् एमाले मतको समर्थन पुराना एमाले भीम आले लाई जानें अनुमान गरिएको छ । अर्को रोचक कुरा के पनि छ भने ७०काे चुनावमा वैद्य माओवादीको तर्फबाट इनी माथि भोटको कारोवार गरेको र पैसा लिएको आरोप छ ।

क्षेत्रीलाइ समर्थन गर्दै विभिन्न वडावाट मनोनयन दर्ता गरेका काङ्ग्रेस कै विभिन्न उम्मेदवारले पनि मनोनयन दर्ता फिर्ता गरेका छन । पहिलो दिन ठूलो स्वर र सख्या ले प्रलाद क्षेत्री काे पक्षमा देखिएको थियो आज सम्म आई पुग्दा पार्टिको कुरा हो जे निर्णय गर्छ त्यो मान्ने कुरा काग्रेस कार्यकर्ता बताउँछन्। आयोगले उम्मेदवारी फिर्ता भएका सवैको नामावली अहिले साझ प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

बर्दिबासवाट उम्मेदवारी फिर्ता गर्नेमा धेरैजसो नेपाली काङ्ग्रेसका कार्यकर्ता छन । काङ्ग्रेसवाट बिद्रोह गरेर उम्मेदवारी दर्ता गराएका अहिलेसम्म ८ जना पुगेका छन ।

0 comments

Write Down Your Responses